

आठ महिनादेखि बेरोजगार मीका

मुम्बई(एजेन्सी)–पछिल्लो समयमा बलिउडमा रुचाइएका पाश्र्व गायक मीका सिंह कोरोना महामारीका कारण लागु गरिएको लकडाउनले बेरोजगार बनेका छन् । उनले विगत आठ महिनादेखि आफू बेरोजगार बनेको खुलाएका हुन् । आठ महिना पछि फिल्म ‘सयोनी’का लागि ‘एक पप्पी’ गीत गाएका मीकाले ठूलो पर्दामा रोमान्टिक एक्सन फिल्ममा गीत हेर्नका लागि आफू लालयित भएको बताएका छन् ।
‘म वास्तवमै उत्साहित छु र डिसेम्बर १८ मा यो फिल्म हेर्नलाई उत्सुक छु । मजस्तै धेरै मानिसहरु महिनौं घरमै बसे । मैले विगत ८ महिनादेखि कुनै काम पाएको छैन । यस्तो समस्या मजस्ता धेरै मानिसले भोगेका छन् । लामो समयदेखि मानिसहरुले फिल्मसमेत हेर्न पाएका छैनन् । त्यहीकारण मानिसहरु फिल्म हेर्न लालयित छन्’, उनले भनेका छन् ।
फिल्म ‘सयोनी’मा तन्मय सिंह, मुसकान सेठी, राहुल रोय, योगराज सिंह, उपासना सिंह प्रमुख भूमिकामा छन् ।

