
बारलाई आइतबार पनि धर्ना दिन सुझाव
काठमाडौं – वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिने कि पदच्यूत पर्खिने भनेर रोज्नुपर्ने समय आएको बताएका छन् ।
नेपाल बार एशोसिएसनको आह्वानमा सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । समय अझै घर्किनसकेको भन्दै उनले तत्काल राजीनामा दिन आग्रह गर्दै उनले भने, ‘समय वित्दै गर्दा पदच्यूतको बाटोमा जानु पर्ने हुन्छ ।’
बारको लक्ष्य प्रष्ट रहेको भन्दै उनले त्यो पूरा नहुँदासम्म सर्वोच्चको मूल गेटमा धर्ना जारी राख्न समेत सुझाव दिए । बार एशोसिएसनका पूर्वअध्यक्ष समेत रहेका दाहालले अब राजनीतिक दलहरु पनि चुप बस्न नसक्ने बताए ।
दलहरुले मौनता नतोडे आफूहरुको आन्दोलन सरकार र दलहरुको अकर्मन्यतातिर पनि केन्द्रित हुने दाहालको चेतावनी छ ।



कागजपत्र |
