न्याय सेवा आयोगको बैठक बुधबार


काठमाडाैं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बुधबारका लागि बोलाएका छन् ।   बुधबार अपराह्न ३ बजे बस्ने आयोगको  बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ ।

‘न्याय सेवा आयोगको भोलि ३ बजे बैठक बोलाइएको छ’, न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले भने, ‘जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बस्न लागेको होे ।’

आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानूनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया