संसद् सचिवालयद्वारा जबरा निलम्बन भएको सूचना प्रकाशित


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा निलम्बन भएको सूचना संसद् सचिवालयले प्रकाशित गरेको छ ।

सचिवालयले प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बित भएको सूचना प्रकाशित गरी राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, प्रधानन्यायाधीश जबरा, संवैधानिक आयोग, न्याय परिषद् र प्रधानमन्त्री कार्यालयमा पठाएको छ ।

नेपालको संविधानको धारा १०१ को उपधारा ६ अनुसार महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुङ्गो नलागेसम्म नेपालको प्रधानन्यायाधीशले कार्यसम्पादन गर्न नपाउने व्यवस्थाअनुसार जबरा निलम्बनमा परेका हुन् ।

संवैधानिक व्यवस्था रहेको तथा प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कार्य प्रारम्भ भएपछि आरोपित प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन भन्ने व्यवस्था रहेकाले त्यो आरोप किनारा नलागेसम्म उनले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने सूचना संसद् सचिवालयले जानकारी गराएको हो ।

प्रतिक्रिया