
नेपाली कांग्रेस देउवा समूहको वडा अधिवेशन आजदेखि
काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको वडा अधिवेशन आजदेखि सुरु हुँदै छ ।
विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै देउवा समूहले बेग्लै अधिवेशन सुरु गर्न लागेको हो ।
देउवा समूहको अधिवेशनको संयोजक डा. शशांक कोइरालाले कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत बिहीबार हुन लागेको वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महŒवपूर्ण चरण भएको बताएका छन् ।
‘कांग्रेसको वडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासको दृष्टिले महŒवपूर्ण चरण हो । यस अवसरमा नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरुलाई उच्च उत्साह, जिम्मेवारी र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन हार्दिक अनुरोध छ,’ कोइरालाले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।
कोइरालाले वडा अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रियामात्र होइन, पार्टीको संगठनलाई नयाँ ऊर्जा दिने, कार्यकर्ताबीचको एकतालाई थप मजबुत बनाउने र नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा अझ सशक्त बनाउने महŒवपूर्ण अवसर भएको बताए ।



कागजपत्र |
