रुसद्वारा अन्तरीक्षमा मिसाइल परीक्षण स्याटलाइट ध्वस्त, अमेरिका आक्रोशित
काठमाडाैं – रुसले अन्तरीक्षमा रहेको आफ्नै एक स्याटलाइटमाथि सोमबार मिसाइल परीक्षण गरेको छ । परीक्षणमा उक्त स्याटलाइट ध्वस्त भएको थियो ।
ध्वस्त भएको उक्त स्याटलाइटबाट १५ सयभन्दा बढी ठूला टुक्रा निस्किएको थियो । हजारौं साना टुक्राहरु पनि निस्किएको उल्लेख छ ।अन्तरीक्षमै मिसाइल परीक्षण गरेर रुसले आधुनिक सशस्त्रको होडमा अगाडि बढेको संकेत गरेको छ ।
उसले पृथ्वीको पूरै चक्कर लगाएर निश्चित तारो लगाउन सक्ने मिसाइल समेत परीक्षण गरिसकेको छ । यसैगरी, रुसको अन्तरीक्षमा मिसाइल परीक्षणप्रति अमेरिकाले भत्र्सना गरेको छ ।
अन्तरीक्षमा विभिन्न देशका स्याटलाइट र अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र रहेको अवस्थामा उक्त परीक्षण घातक रहेको भन्दै भत्र्सना गरेको छ । यतिबेला अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा चार अमेरिकी, दुई रुसी र एक जर्मन अन्तरीक्षयात्री छन् ।
४२० किलोमिटर माथि अन्तरीक्षमा रहेको उक्त केन्द्रमाथि क्षति पुग्नसक्ने गरी मिसाइल परीक्षण भएको अमेरिकाको आरोप छ । एजेन्सी