आजका लागि तोकियो २७९ मुद्दाको पेशी
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (मंगलबार) का लागि २७९ मुद्दाको पेसी तोकेका छन् ।
केही न्यायाधीश र कानुन व्यवसायी व्यवधानबीच सर्वोच्च अदालतको कार्य सञ्चालनलाइ सुचारू राख्नका लागि प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै किसिमको मुद्दाको पेशी तोक्दै आएका छन् ।
सर्वोच्च स्रोतका अनुसार जबराले मंगलबार लागि १० इजलासमा मुद्दाको पेशी तोकिएको छ । सबैभन्दा धेरै न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र कुमार चुडालको इजलासमा ६२ वटा मुद्दा रहेको छ ।
प्रधानन्यायाधीश जबराले मंगलबारका लागि आफ्नो भने कुनै इजलाश तोकेका छैनन् ।
जबराले धर्नाकारी न्यायाधीश र कानुन व्यवसायीलाई सम्बोधन गर्दै सोमबार छलफलमा आउनका लागि आह्वान गरेका थिए ।
प्रधानन्यायाधीशविरुद्ध लाग्दै सर्वोच्चका न्यायाधीशहरुले ३ सातादेखि इजलाश बहिस्कार गर्दै धर्नामा उद्धत भएपछि यी ५ न्यायाधीश प्रधानन्यायाधीको स्पष्टीकरणसहितको आह्वानपछि काममा फर्कन लागेको जनाइएको छ ।
आजदेखि सर्वोच्चका १९ न्यायाधीशमध्ये तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालले मंगलबारदेखि नियमित काममा फर्किने निर्णय गरेको स्रोतले बताए ।