
रात्रिकालीन लामो दूरीका सवारीमा दुई चालक अनिवार्य
काठमाडौं – चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीमा दुई चालक अनिवार्य गर्ने नियम कडाइका साथ लागू गर्ने भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले थकानका कारण हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न लामो दूरीका रात्रिकालीन सवारीमा दुई चालक राख्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न लागेको जनाएको हो।
नियम पालना नगर्ने सवारी तथा चालकलाई कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले ट्राफिक प्रहरीले सवारीको अवस्था, यात्रुसँग लिइने भाडा तथा टिकट बिक्रीमा हुनसक्ने अनियमिततामाथि समेत निगरानी बढाउने जनाएको छ।
यात्राको क्रममा सवारीको अवस्था र चालकको स्वास्थ्य तथा थकानको अवस्थालाई समेत प्राथमिकतामा राखेर जाँच तथा निगरानी गरिने ट्राफिक प्रहरीको भनाइ छ।



कागजपत्र |
