

प्रकाशशरण : जो देउवालाई सँधै विवादमा तान्छन्
विगतका नकारात्मक कर्मका यी तथ्य

काठमाडौ – नेपालको राजनीतिमा जनमतलाई तिलाञ्जली दिने तर भक्तिगाथा गाएरै अवसर पाईरहने नेताको नाम लिँदा डा.प्रकाशरण महतको नाम अग्रपंक्तिमा आउँछ ।
यतिमात्र होइन, उनका विगतदेखि हालसम्मको कर्म हेर्ने हो भने अनुभवी पाका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाको क्षवि उजिल्याउनेमा भन्दा धुमिल बनाउँदै विवादमा तान्नमै केन्द्रीत भएको पाइन्छ ।
रुखो स्वभावका कारण कांग्रेसका एका दुई नेतालाई छाडेर हरेकको टिप्पणी मात्र गर्ने, खुइल्याउने र खिसीट्युरी गर्ने उनको सामान्य दिनचर्या नै हो । उनी पार्टीका महाधिवेशन प्रतिनिधिबाट केन्द्रीय समितिमा एक पटकवाहेक सबै महाधिवेशनमा पराजित हुने पात्र हुन् ।
महत मतदाताबाट कहिल्यै अनुमोदित भएनन् तर पार्टी सभापति देउवाको समर्थनको नाममा ‘देवत्वकरण’ गर्ने एकमात्र सूत्र रटान गर्दै पार्टीका सिनियर र लोकप्रीय नेतालाई पन्छाएर अवसर भाइरहने एक भाग्यमानी पात्र पनि हुन् ।
महतका बिबादस्पद कर्म
इतिहास कर्म गर्नेहरुको लेखिन्छ तर लामा र पट्यारलाग्दा अभिव्यक्तिको कहिल्यै अभिलेख हुन्न । महत त्यस्ता पात्र हुन्, जो साना तिना कार्यक्रम वा गोष्ठीमा लामा लामा भाषण गरेर आफू अब्बल भएको देखाउन चाहन्छन् ।
२०४४ सालमा बालकृष्ण खाँड नेविसंघ अध्यक्ष चुनिँदा उनले अध्यक्षमा दाबी नगरेका होइनन्, तर उनको कर्मप्रति लौहपुरुष गणेशमान सिंह, पार्टी सभापति कृष्णप्रसाद भट्टराई, महामन्त्री गिरिजाप्रसाद कोइराला, देउवा र रामचन्द्र पौडेल विश्वस्त भएनन् । पद नपाएपछि रन्थनिएका महत अमेरिका भासिए र २०५६ नेपाल आए । नेपालमा जनआन्दोलन चलिरहँदा उनी अमेरिकामा थिए ।
२०५८ असारमा कांग्रेस संसदीय दलका नेता शेरबहादुुर देउवाले कांग्रेसबाट अलग भएर नेपाली कांग्रेस प्रजातान्त्रिको केन्द्रीय सदस्य भएका महतले केन्द्रीय कार्यसमिति बैठकमा बोलिरहेका नेता डा.नारायण खड्काले देउवाको योजनाप्रति असहमति जनाएको भन्दै हातपात गर्न पाखुरा सुकिँदै झम्टिए तर अन्य केन्द्रीय सदस्यले रोक्न सफल भए ।
पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाको कार्यशैली वा योजनाप्रति कसैले टिप्पणी, असहमति वा विरोध गर्दा उनी अहिले पनि झम्टिदै पाखुरा सुर्कने गरेको कांग्रेसका एक पदाधिकारी बताउँछन् ।
‘अतिभक्ति चोर लक्ष्यणम्’ भने झैं उनी आफ्नो स्वार्थसिद्ध गर्नकै लागि विचार, योजना र तर्क भन्दा भक्तिगाथा र अरोप लगाउने कर्ममा विश्वास गर्ने गर्छन् । सदा समानुपातिक सांसद हुने तर निर्वाचित हुन आवश्यक नठान्ने महतले २०५८ मा महाराजगञ्जमा करिव पाँच आना जग्गा खरिद गरी दुई तलाको घर ठड्याए ।
आफू नेविसंघका पूर्वमहामन्त्री भएको, अमेरिकामा पीएचडी गरेको तर पार्टीमा आफ्ना सहोदर दाजु डा. रामशरण महत राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र अर्थमन्त्री भइसकेको भन्दै आफूले अवसर नपाएकोले चर्चामा ल्याइ दिन याचना गरेका थिए । नुवाकोटका पत्रकार गोकर्ण खतिवडाले जम्मा गराइ दिएका संचारकर्मीसँग उनले राजनीनिमा आउन चाहेको भन्दै अन्य नेताभन्दा आफू योग्य भएको दलिल पेश गरेका थिए ।
प्रभावशाली नेतालाई देउवासँग अलग्याउने भूमिकामा
पार्टी सभापति देउवालाई आन्तरिक र अन्तरपार्टी सम्वन्ध कायम गर्न नदिई टुटाउने भूमिकामा रहेका महत पार्टीभित्रको बृहत एकता, सहमति र सहकार्यको कट्टरविरोधी शैलीका पात्र हुन् ।
सभापति देउवाका उत्तराधिकारीको भूमिका निर्वाह गरिरहेका नेविसंघका पूर्वअध्यक्ष तथा तत्कालिन उपसभापति विमलेन्द्र निधीसँग देउवाको सम्वन्ध टुटाउन प्रमुख भूमिका उनैले खेलेका थिए । उपसभापति पूर्णबहादुर खड्का कर्ममाथि खोट लगाउन बिहानै बालुवाटार धाउने महतले पार्टीका योग्य र बरिष्ठ नेतालाई पाखा लगाउनमै आफ्नो ध्यान केन्द्रीत गर्ने गरेका छन् ।
महामन्त्री विश्वप्रकाश शर्मालाई तीन वर्षअघि पार्टी प्रवक्तामा सभापति देउवाले नियुक्तिको चिठी तयार गर्दै गर्दा त्यसलाई रोक्न प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवालाई उचाल्ने काम उनैले थिए । शर्माले १४औं महाधिवेशनमा महामन्त्रीको आकांक्षा राख्दा उनको विपक्षमा देउवानिकट नेतासमक्ष आपत्ति जनाएका थिए ।
नेविसंघ पूर्वअध्यक्ष एनपी साउदलाई सभापति देउवाले पार्टी पदाधिकारी बनाउन बारम्बार प्रयास गर्दा रोक्न महतकै भूमिका बढी रहेको देउवानिकटका एक केन्द्रीय सदस्य बताउँछन् ।
नेविसंघका अर्का पूर्वअध्यक्ष बालकृष्ण खाँडले १३औं महाधिवेशनमा महामन्त्रीको आकांक्षा राख्दा देउवाले सहमहामन्त्रीमा मनोनयन गर्ने तयारी गरेका थिए तर महतले रोकेको चर्चा देउवा समूहमै चल्ने गरेको छ ।
अन्यलाई अवसरबाट यसरी रोक्न खोजे
देउवाले पार्टी छाडेर गएकालाई फर्काउन आव्हान गरे, २०७४ को संघीय संसद र प्रदेश निर्वाचनको मुखमा । आव्हानलाई स्वीकार्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पार्टी नैं कांग्रेसमा बिलय गरे । तर गच्छदारबाहेकका नेतालाई केन्द्रीय कार्यसमितिमा करिव डेढ वर्षसम्म रोक्न महतले दिलोज्यान दिएको गच्छादार निकट एक केन्द्रीय सदस्यले बताए ।
महतले दुई वर्षअघि राप्रपाबाट अलग हुँदै कांग्रेस प्रवेश गरेका सुनिल थापासहितको समूहलाई पद नदिन प्रमुख भूमिका खेले । उनले थापालाई सभापति देउवाले सहमहामन्त्री नियुक्त गर्न लाग्दा एकमहिना बढी रोक्न सफल भए । तर, देउवाले सहमहामन्त्री नियुक्त गरेपछि नेता रामचन्द्र पौडेलसँगै उनले पनि आपत्ति जनाएका थिए ।
एक महिनाअघि सभापति देउवाले सुनिल थापालाई कोषाध्यक्ष नियुक्त गर्ने तयारी गर्दै थिए । त्यसैबेला महतले थापाबिरुद्द मोर्चाबन्दी गर्दै देउवानिकटका अन्य नेतालाई उचालेका थिए ।
उर्जामन्त्री हुँदा विवादमा तानिए
२०६७ मा माधव नेपाल नेतृत्वको संयुक्त सरकारमा महत उर्जा मन्त्री भए । तर उनको कर्म लोडसेडिङ बढाएर इन्भटर आयात गर्ने बिबादस्पद व्यापारीलाई पोष्ने काममा केन्द्रीत भयाे । दैनिक दुई सय ५० मेगावाट मात्र विद्युत उत्पादन हुँदा देशवासी अँध्यारोमा बस्न बाध्य हुँदा महतले विद्युत खरिदको सम्झौताका फायल महिनौं अड्काउने भूमिका निर्वाह गरे ।
तत्कालिन मन्त्री महतले विद्युत अनुमति पत्र लगायतको विषयमा समिक्षा गर्नु पर्ने भन्दै विद्यु्त उत्पादन अनुमति दिने, नविकरण गर्ने लगायतका फायलहरु महिनौंसम्म दराजमा थन्क्याएर उर्जा उत्पादकसँग सौदाबाजी गरेका थिए ।
विद्युत खरिद सम्झौता गर्दा नेपाल विद्युत प्राधिकरणलाई घाटा हुने भन्दै लोडसेडिङ बढाउन नकारात्मक भूमिका खेलेपछि स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आपत्ति जनाएको थियो भने उर्जा सचिव शंकर कोइरालाले मन्त्रीको खुलेर बिरोध गरे ।
लेनदेन र सौदाबाजीमा असहयोग गरेको भन्दै सचिव कोइरालासँग बोलचाल बन्द गरेका महत त्यसवेलाको मन्त्रिमण्डलमा सर्बाधिक बिबादस्पद मन्त्रीको रुपमा गन्हाएको विद्युत उत्पादकहरु अहिले पनि झल्झली सम्झन्छन् ।
पार्टी निर्णयविरुद्ध लाग्ने
आफ्नो निवासमा नआउने र चाकडी नगर्ने कतिपय पार्टी नेताका बिरुद्ध महत खुलेर उत्रने गरेका छन् । त्यसको पछिल्लो ज्वलन्त उदाहरण हो, गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनको पार्टीबिरोधी हर्कत ।
आफूले राजनीति गर्न काठमाडौं क्षेत्र नम्वर ५ मा पर्ने टोखा नगरपालिकाको प्रमुखमा रजनी थापा र उपप्रमुखमा मुरारी तामाङले पार्टीको आधिकारिक टिकट पाए । तर आफ्नो चाकडी गर्न नआएको भन्दै महतले अघिल्लो स्थानीय तहको निर्वाचनमा ५१ मतले उपप्रमुखमा पराजित थापाबिरुद्ध बागी उम्मेदवार खडा गरे ।
मनिष जोशी नामका एक व्यक्तिलाई टोखाको प्रमुखमा उम्मेदवार बनाउनु पर्ने भन्दै थापालाई उम्मेदवारी दर्ता आफूसँग सल्लाह नगरी दिएको भन्दै फिर्ता लिन घर र बालुवाटार बोलएर दबाब मात्र दिएनन्, मानसिक यातना समेत दिएको पीडित थापा बताउँछिन् ।
पार्टीको बागमति प्रदेश सभापति इन्द्रबहादुर बानियाँको हस्ताक्षरसहितको आधिकारिक पत्र लिएर उम्मेदवारी दिएकी थापालाई अनावश्यक दबाब दिए पछि बानियाँले सभापति देउवासँगै गुनासो गर्नु परेको थियो । पछि पार्टीले थापालाई उम्मेदवार बनाएपछि महत खुलेर हराउने भूमिका लागे र उनी उपविजेता बन्नु पर्यो ।
२०७४ मा कैलाली ५बाट संघीय संसदको निर्वाचनमा प्रतिष्पर्धामा उत्रिएकी डा. आरजु राणा देउवालाई हराउन डा. महतले भूमिका खेलेको राणा निकट एक नेताले बताए । आफूलाई अर्थ र परराष्ट्र मामिलाको अब्बल दाबी गर्ने महतले भारत र अमेरिकाको सत्ताधारी दलसँग आफ्नो निकटको सम्वन्ध रहेको भन्दै देउवालाई दबाबमा राख्ने गरेका छन् ।
डा.आरजु सांसद जितेर आएमा पदाधिकारीमा नियुक्त हुन सक्ने त्रासले उनलाई रोक्न नै महतले अन्तरघातको भूमिका निर्वाह गरेको कैलाली कांग्रेसका नेताहरु बताउँछन् ।
टेड युनियन र प्रेस युनियनमा संस्थापन पक्ष हराउन भूमिका
चार वर्षअघि भएको कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशनमा संस्थापन पक्ष पत्तासाफ भयो । एक जना मात्र संस्थापन पक्षका उम्मेदवारले जित्नुका पछि उम्मेदवारी छनोट गर्दा आफ्ना अनुयायीलाई मात्र टिकट दिएका कारण पराजय भोग्नु परेको पार्टी पदाधिकारीले नै स्वीकार गरेका थिए ।
महतको बिबादस्पद भूमिकाका कारण नै साउन पहिलो साता हेटौंडामा भएको नेपाल प्रेस युनियनको निर्वाचनमा संस्थापन पक्षको हरिविजोग भयो । उनले लामो समय पत्रकारितामा लागेका क्रियाशिल पत्रकारको सट्टामा भजनमण्डली र फेसवुकमा स्टाटस लेखेर पत्रकारिता गरेको दाबी गर्नेलाई टिकट दिँदा संस्थापन पक्षले सर्मनाक हार बेहोर्नु परेको छ ।
पार्टीका पदाधिकारी र नेताहरुसँग सल्लाह नगरी आफ्ना अनुचरको मात्र भनाईमा लाग्दा युनियनमा संस्थापन पक्षले क्षति बेहोर्नु परेको भन्दै सभापति देउवासमेत महतसँग रुष्ट छन् । राम्रा भन्दा हाम्रालाई रोज्ने महतको स्वभाव र शैलीबाट उपसभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्षका नेताहरु आजित भएको बताउन थालेका छन् ।
शक्तिको आडमा जग्गा हडप्दै
आफूलाई पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको किचन क्याविनेटकाे प्रमुख पात्र भएको दाबी गर्ने महतले हाल आफू बस्दै आएको घर जग्गा मिचेर बनाएको खुलेको छ । कान्छा केसीले आफ्नो नम्वरी जग्गा मिचेर महतले घर बनाएको भन्दै प्रहरी बृत्त महाराजगञ्जमा उजुरी समेत दिएका छन् ।
तर सत्ता र शक्तिको आडमा महतबिरुद्धको उजुरी प्रहरीले डष्टबिनमा फालेको गुनासो केसीले गरेका छन् । महतको हेपाहा प्रबृत्तिले काठमाडौं कांग्रेसका सभापति सबुज कृष्ण बानिया र नेता रमेश खड्काले समेत उनीबिरुद्ध सभापति देउवा र नेता प्रकाशमान सिंहसँग गुनासो समेत गरेका छन् । तर पीडित कान्छा केसी आफू अन्यायमा परेको भन्दै पीडा पोख्न बाध्य छन् ।

