

वडाध्यक्षलाई खुकुरी प्रहार गर्ने दुईजना पक्राउ

सुर्खेत – वडाध्यक्षलाई खुकुरी प्रहरी गरी घाइते बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जाजरकोट बारेकोट गाउँपालिका-६ का वडाध्यक्ष डम्बरबहादुर महतारालाइ साउन ९ गते खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले बारेकोट- ६ का टेकेन्द्र नेपाली र अविनास विकलाइ पक्राउ गरेको हो ।
उनीहरुलाई कुशे गाउँपालिका-५ बाटुलेबाट पक्राउ गरिएका जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए । घाइते वडाध्यक्ष महतारालाई टाउकोमा सात टाँका लगाएर कोहलपुर मेडिकल कलेजमा उपचार जारी रहेको छ ।

