दमको समस्याले ग्रस्त वैद्य ९ दिनदेखि आईसीयूमा उपचाररत


काठमाडौं- श्वासप्रश्वाससम्बन्धी पुरानो रोग दमको समस्या बढेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा ९ दिनदेखि उपचाररत छन्।

जेठ १८ गते दमको समस्या चर्किएपछि आईसीयूमा भर्ना गरिएका वैद्यको स्वास्थ्य अवस्था हाल स्थिर रहेको पार्टीका नेता इन्द्रमोहन सिग्देलले जानकारी दिए।

‘उहाँलाई दमको पुरानो समस्या थियो, जेठ १८ मा अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएको हो,’ सिग्देलले भने, ‘हाल आईसीयूमै उपचार भइरहेको छ। अवस्था स्थिर छ तर जनरल वार्डमा सार्ने विषयमा डाक्टरले केही निर्णय गरेका छैनन्।’

सिग्देलका अनुसार वैशाख २९ गते दिवङ्गत आमाको अन्तिम कार्य सम्पन्न गरेर काठमाडौँ फर्किने क्रममा नै वैद्यको स्वास्थ्यमा समस्या देखिएको थियो।

प्रतिक्रिया