


बसेको ५ मिनेटमै सकियो प्रतिनिधिसभा बैठक, आधा घण्टा पछि पुनः बस्ने

काठमाडौं – संसद् बैठक पाँच मिनेटमै सकिएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरु उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरले सहमतिको प्रयास भएको बताउँदै आधा घण्टाका लागि स्थगित गरेका छन् ।
‘दलीय आधारमा बोल्न दिनेछु । वातावरण गराइदिनुहुन उठ्नुभएको माननीय सदस्यलाई बस्न अनुरोध गर्दछु,’ सभामुखको भनाइ थियो ।
सत्ता पक्षका सांसदहरुले पनि आफूहरु बोल्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

