बजेटका कतिपय कुरा चित्त बुझेको छैन : देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफूलाई चित्त नबुझेको बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिलेको नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई चित्त नबुझेको बताएका हुन् ।

उनले नेपाल–भारतको खुला सीमाका कारण तस्करी हुने गरेको भन्दै कडाइ गर्न जरुरी रहेको धारणा राखे । सभापति देउवाले सुनको आयातलाई पूर्ण रूपमा खुला गरे लुकिछिपी ल्याउने काम बन्द हुने उल्लेख गरे ।

भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग विद्यमान रहेकाले यसलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनीकरण गर्नुपर्ने उनले धारणा राखे ।

उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरालाई सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया