मुन्नाभाई एमबीबीएस अभिनेत्री ग्रेसीले किन छोडिन् बलिउड ?


मुम्बई(एजेन्सी)– फिल्म ‘लगान’ र ‘मुन्नाभाई एमबीबीएस’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरेकी अभिनेत्री ग्रेसी सिंह हालका दिनमा चर्चामा छिन् । फिल्ममा आउनु अघि उनले टेलिभिजन सिरियल ‘अमानत’मा घरबाट भागेकी युवतीको भूमिका निर्वाह गरेकी थिइन् । उनको बलिउड प्रवेश निकै सानदार थियो, तर विस्तारै विस्तारै उनको करियर बी ग्रेडका फिल्महरु र टेलिभिजनमा आएर रोकियो । आज उनी मूलधारबाट पूर्ण रुपमा टाढिएकी छन् ।

हालैमात्र ग्रेसीले बलिउडबाट टाढिनुपर्ने कारण बताएकी छन् । ‘मैले फिल्ममा ७–८ वर्ष काम गरें । यसमा म अधिकांश समय क्षेत्रीय फिल्ममा रहें । मेरो कुनै फिल्ममा लगातार काम गर्ने र कुनै दौडको हिस्सा हुने इच्छा थिएन । समस्या त्यहीबाट शुरु हुन्छ, जहाँ आशाले बाँध्छ । म जहिल्यै वर्तमानमा रहन मनपराउछु’, उनले भनेकी छन् ।

उनले आफ्नो जीवनको उद्देश्य अभिनय नरहेको बताइन् । ‘मेरो मेनेजर जोशी जी मेरो प्रोजेक्टको ख्याल राख्थे । उनी निर्मातालाई सिफारिस गर्थे । सन् २००८ मा उनको निधन भएपछि कोही निर्माता वा निर्देशकलाई फोन गर्ने इच्छा भएन । यहाँसम्मकी मसँग कसैको धेरै नम्बर पनि थिएन । जोशी जी जिउँदो हुँदा पनि उनलाई मैले अरु काम गर्न दिनु भनेर भनेको थिएँ । मेरो जीवनको उद्देश्य केवल अभिनय मात्र थिएन ।’

प्रतिक्रिया