चिया पसले बने राजेश हमाल !


काठमाडौं – गायिका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको गीत ‘क्यारम तनी’ को भिडियो सार्वजनिक भएको छ । सरोज गौतमको प्रस्तुति रहेको गीतमा महानायक राजेश हमालको साथमा प्रतिमा कँडेल, उत्तम के. सी र नारायणबहादुर पाण्डेको अभिनय छ । भिडियोमा राजेश हमाललाई चिया पकाएर बेच्ने पसले रुपमा देखाइएको छ ।

गीतमा भीम बिसीको शब्द र संगीत, पुष्कर सुनुवारको एरेन्ज र दीपकराज विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

देवेन्द्र पान्डेको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र कलर, दीपेन गौतम(माइकल)को प्रोडक्सन, राजाराम सिम्खडाको सहायक नृत्य निर्देशन, राम ठाकुर र नन्दा अधिकारीको श्रृंगार र सन्तोष डिजाइनको प्रचार संयोजन छ । गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ

प्रतिक्रिया