प्रधानसेनापति शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच शिष्टाचार भेट


काठमाडाैं – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधानसेनापति शर्माको कार्यालयमा भएको भेटघाटमा २ पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटघाटले २ देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया