
पल शाहलाई खोज्दै प्रहरीः सिआईबी, महाशाखा र परिसरको टोली समेत परिचालन
काठमाडौं – नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा अभिनेता पल शाहलाई पक्रन प्रहरी परिचालन भएको छ। बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ गते पक्राउ अनुमति दिएको थियो।
पल शाहविरुद्ध बलात्कार मुद्दा तनहुँ प्रहरीमा दर्ता भएको हो। यो सँगै जिल्ला प्रहरी कार्यालय तनहुँले शाहको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई समेत पत्राचार गरेको छ।
बलात्कार आरोपमा मुद्दा दर्ता भएसँगै पललाई पक्राउ गर्न काठमाडौं प्रहरीलाई समेत पत्राचार गरिएको तनहुँ प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।
पलको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको प्रहरी टोली परिचालन गरिएको छ।
त्यस्तै तनुहँ प्रहरीको छुट्टै विशेष टोलीले समेत उनको खोजी गरिरहेको छ। यता पलले आफूलाई फसाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्। दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईले आफूमाथि षड्यन्त्र गरेको पलको आरोप छ।



कागजपत्र |
