निर्दोष समीक्षालाई मेराविरुद्ध उकासियो : पल शाह


काठमाडाैं – गायिका समीक्षा अधिकारीसँगको सम्बन्धबारे अभिनेता पल शाहले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन् ।
उनले गायिका समीक्षा अधिकारीसँगको सम्बन्धबारे अडियो ‘लिक’ भएपछि फरक प्रसंग र चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएको संवादलाई वास्तविक जीवनमा जोड्न खोजिएको बताएका हुन् ।

‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भएता पनि उक्त आवाज मेरो हो भन्नेमा पूर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोगमार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न-भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘यहाँ पनि फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरूलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यावसायिक प्रतिस्पर्धी) ले निज गायिकालाई मेराविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिपोर्टले थप पुष्टि गरेको छ ।’

उनले आफूविरुद्ध आएका समाचारहरू वास्तविकताभन्दा टाढा रहेका भ्रमित नहुन अपिलसमेत गरेका छन् । उनले आफूसँग आफ्नो प्रतिस्पर्धीहरूले गायिकालाई उकासेको अडियोलगायतका प्रमाण आफूसँग रहेको र आधिकारिक निकायले माग गरेका पेश गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया