
टमको धम्कीले रोकियो मिसन इम्पोसिबल–७
लसएन्जल्स(एजेन्सी)– हालैमात्र हलिउड अभिनेता टम क्रुजको एक अडियो सामाजिक सन्जालमा आइएपछि त्यो निकै भाइरल भएको थियो । अडियोमा टम आफ्नो फिल्म ‘मिसन इम्पोसिबल’को सेटमा कोरोना गाइडलाइन्सको पालना नगरेको भन्दै आफ्ना फिल्म सदस्यलाई धम्काइरहेका थिए । उनले कैयौं सदस्यलाई जागिरबाट निकाल्नेसम्मको धम्की दिएका थिए । उनको धम्कीका कारण फिल्म भित्रका ५ सदस्यले फिल्मबाट बिचमै हात झिकेका छन् । जसकारण टमले फिल्मको पुरा मामलामा एउटा ठूलो एक्सन लिएका छन् ।
टमले आफ्नो फिल्म ‘मिसन इम्पोसिबल–७’को सुटिङ रोकेका छन् । टमले यो फिल्मबाट केही समय ब्रेक लिएर क्रिसमसको समय आफ्नो बच्चासँग दुबई जाँदैछन् । समाचार अनुसार कुनै फिल्म प्रोडक्सनलाई यति लामो समयसम्म लगातार काम गराउनु निकै मुस्किलको काम हो । यो मुस्किल वर्षको अन्त्य हो । त्यहीकारण केही समयका लागि यी सबै कामबाट टाढा राख्नुलाई टमको सराहनीय काम भनिएको छ ।
भाइरल अडियो टेपमा टमले फिल्मका टिम सदस्यलाई धम्की दिएको सुन्न सकिन्छ । उनले सदस्यलाई गाली नै गरेका छन् । उनले ‘यदी आजदेखि यस्तो लापरवाही देखें भने सबैलाई कामबाट निकाल्छु’ भन्दै धम्की दिएका छन् । टम ‘मिसन इम्पोसिबल–७’को अभिनेता तथा निर्माता हुन् । गत फेब्रुअरीमा इटालाीमा यो फिल्मको छायांकन भइरहँदा कोभिडका कारण छायांकन रोकिएको थियो । कोभिडकै कारण छायांकन रोकिएको यो पहिलो फिल्म थियो । त्यसपछि लामो समयको प्रतिक्षा पछि फिल्मको छायांकन सुचारु भएको थियो । त्यहीकारण पनि टमले कोडिभ गाइडलाइन्स उल्लंघन गरेको भन्दै आफ्ना सदस्यप्रति रिस पोखेका हुन् ।



कागजपत्र |
