हिप सर्जरी गर्दा ‘मेक्सिकन किम’को निधन


न्यूयोर्क(एजेन्सी)– अमेरिकी फेसन डिजाइनर, मोडल तथा प्रख्यात इन्स्टाग्राम सेलिब्रेटी जोसलीन कानोको निधन भएको छ । २९ वर्षकी जोसलीको निधन हिप सर्जरी गरेपछि भएको हो । जोस अमेरिकामा एक ठूलो नाम थिइन् । उनलाई ‘मेक्सिकन किम कार्दशियाँ’को नामले पनि चिनिन्थ्यो । उनी हिप सर्जरी गराउनका लागि कोलम्बिया गएकी थिइन् । जहाँ उनको सर्जरी सही किसिमले नहुँदा उनको ज्यान गयो ।

उनको मृत्यु डिसेम्बर ७ मै भए पनि परिवारका कोही पनि सदस्यले उनको मृत्युको बारेमा मुख खालेका थिएनन् । परिवारले गत शुक्रबारमात्र युट्युबमा उनको अन्तिम संस्कारको लाइभ गरेका थिए । कोरोना महामारीका कारण कोही पनि उनको अन्तिम संस्कारमा सहभागी हुन पाएनन् ।

जोस सामाजिक सन्जालमा निकै सक्रिय थिइन् । इन्स्टाग्राममा उनको १३ मिलियन अधिक फलोअर्स थिए । उनको जन्म सन् १९९० मार्च १४ मा भएको थियो । उनले १७ वर्षको उमेरमै मोडलिङमा आफ्नो करियर बनाएकी थिइन् । उनको स्टाइल, लुक्स निकै ग्ल्यामरस र हट थियो । यहीकारण उनलाई ‘मेक्सिकन किम’ भनेर बोलाउथे । उनले मोडलिङ करियरमा कैयौं सर्जरी गराएकी थिइन् । तर यसपटक उनले हिप सर्जरी गर्दा ज्यान नै गयो ।

प्रतिक्रिया