
गगन थापालाई प्रधानमन्त्री देउवाको फोन
काठमाडौं – आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने कन्र्फम थियो। साँझतिर सर्वदलीय बैठक सुरु भयो। बैठकमा प्रमुख दलका शीर्ष नेताहरु उपस्थित हुन्छन्।
तर, आइतबारको बैठकमा अहिलेसम्म सर्वदलीय बैठकमा सहभागि नभएका एक नयाँ अनुहारको पनि उपस्थिति थियो– ती हुन् नेपाली काँग्रेसका युवा नेता गगन थापा। थापा कांग्रेसका नवनिर्वाचित महामन्त्री हुन्।
एमसीसी पारित, संसद्को गतिरोध हटाउने विषयमा बोलाइएको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा पहिलोपटक महामन्त्री थापा सहभागी भएका हुन्।
स्रोतका अनुसार महामन्त्री थापालाई प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले नै फोन गरेर बैठकमा बोलाएका थिए। ‘महामन्त्री र सांसदसमेत भएकाले उहाँलाई सचिवालयबाट होइन प्रधानमन्त्री नै फोन गरेर बोलाउनुभएको हो,’ स्रोतको दाबी छ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा थापा डा. शेखर कोइरालाको समूहबाट महामन्त्रीमा निर्वाचित भएका थिए भने सभापतिमा देउवा विजयी बनेका थिए।



कागजपत्र |
