प्रधानमन्त्री देउवा र मेयर शाहबीच पुनः भेटवार्ता


काठमाडाैं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पुनः प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

केही दिनअघि देउवालाई भेटेका शाहले बिहीबार पुनः काठमाडौंमा देखिएको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधानका लागि देउवालाई भेटेका हुन् ।

यस क्रममा फोहोर व्यवस्थापनका लागि सहजीकरणका लागि शाहले देउवालाई आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया