फाेहरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिन्छ : प्रधानमन्त्री देउवा


काठमाडाैं – प्रधानमन्त्री शेरबहादुर देउवाले फोहरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन् ।

आज बिहीवार विश्व स्वास्थ्य दिवसको अवसरका काठमाडाैंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहरकाे सदुपयाेग र व्यवस्थापनमा जाेड दिएकाे ।

उनले काठमाडाैंमा फोहोर व्यवस्थापनको कुरा अत्यन्त आवश्यक भइसकेको पनि बताए । प्रधानमन्त्री देउवाले धरानमा फोहरबाट बिजुली र ग्यास उत्पादन गरी टेम्पो लगायतका साना सवारी साधन सञ्चालन गरिएको भन्दै काठमाडाैंकाे फोहरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले फोहरलाई डम्पिङ साइटमा फाल्ने नभइ बिजुली र ग्यास निकालेर यसको उपयोग गर्न सक्नुपर्ने बताए । उनले फोहरबाट बिजुली र ग्यास निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताए।

प्रधानमन्त्री देउवाले बालबालिकालाई लगाइने खोप अभियानमा टाइफाइट समावेश गरेसँगै नेपाल दक्षिण एसियामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो देश बनेको बताए ।

 

प्रतिक्रिया