सरकार र विप्लव नेकपाबीच छलफल, तीन बुँदे सहमति कार्यान्वयन गर्न आग्रह


काठमाडौं – नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार र नेकपाबीच छलफल भइरहेको हो ।

छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता छ भने नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता छ ।

छलफलमा नेकपाले तीन बुँदे सहमति कार्यान्वयनमा तिव्रता ल्याइदिन आग्रह गरेको छ भने सरकारले सहमति कार्यान्वयन गर्न प्रतिवद्ध रहेको भन्दै विरोधका कार्यक्रम शान्तिपूर्ण रुपमा गरिदिन नेकपालाई आग्रह गरेको छ ।

प्रतिक्रिया