राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनद्वारा पदभार ग्रहण


काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् । आइतबार सम्पन्न महाधिवेशनबाट निर्वाचित भएपछि लिङ्देनले चाबहिलस्थित पार्टी कार्यालयमा पूजाआजासहित अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।

लिङ्देनले आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गरेका छन् । उनले तत्कालीन अध्यक्षद्वय पशुपति शम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीको कार्यकक्ष चाबहिलको चारुमती बिहारको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

लिङ्देनले अध्यक्षको रुपमा कमल थापाले प्रयोग गर्ने गरेको कोठा प्रयोग गरेका छैनन् । पार्टीको अभिभावकको रुपमा रहने थापालाई कार्यालय आउन सहज होस् भनेर उनको कोठा प्रयोग नगरेको लिङ्देनले बताए ।

प्रतिक्रिया