
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।
शनिबार अबेर सम्पन्न मतदानमा अर्का प्रत्यासी कमल थापालाई पराजित गर्दै लिङ्देन अध्यक्षमा विजयी भएका हुन् ।
लिङ्देन निर्वाचित भएको केन्द्रीय सदस्यका उम्मेदवार जनकराज पाठकले जनाए ।
आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्।
थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।



कागजपत्र |
