बालिका बलात्कारको आरोपमा सैनिक जवान पक्राउ


काठमाडौं – १३ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा नेपाली सेनाका एक हवल्दारलाई पक्राउ परेका छन् ।

कञ्चनपुर घर भई हाल ललितपुरको लेलेस्थित सैनिक गणमा कार्यरत गोविन्द सिंह विष्टलाई महानगरीय अपराध महाशाखाले कोटेश्वरबाट पक्राउ गरेको हो। विष्टमाथि कार्तिक ३० गते कोटेश्वरस्थित एक लजमा राखेर १३ वर्षीया बालिकाको बलात्कार गरेको आरोप छ।

उनले रामेछाप घर भएकी बालिकालाई उनले लगनखेलबाट फकाएर कोटेश्वर ल्याएर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ। ३६ वर्षीय विष्ट ललितपुरको लेलेस्थित सैनिक गणमा कार्यरत छन्। उनी अहिले भक्तपुरको नगरकोटमा तालिम गरिरहेका थिए।

बुधवार पक्राउ गरेर सैनिक हवल्दारलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। बालिकाले उनीविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन्। बालिकालाई कोटेश्वरको आयुषा होटलमा राखेर रातभर बलात्कार गरेर छाडेर उनी भागेको अपराध महाशाखाका एकजना अधिकृतले जानकारी दिए।

 

प्रतिक्रिया