स्पाइडरमेन ३ मा दुई स्पाइडरमेन


लसएञ्जल्स(एजेन्सी)–हलिउड अभिनेता टम हलेण्डको आउन लागेको फिल्म ‘स्पाइडरमेन ३’लाई लिएर फ्यानहरु उत्साहित छन् । फिल्मसँग सम्बन्धित सानो सकारात्मक समाचारले पनि फ्यानलाई झनै उत्साहित हुने वातावरण बनाउछ । यस्तै एउटा उत्साहजनक खबर फ्यानका लागि आएको छ । खबर यो हो कि फिल्म ‘स्पाइडरमेन ३’मा पुरानो ‘स्पाइडर मेन’को भूमिकाहरुलाई फर्काइँदैछ ।

फिल्मको तेस्रो भागमा एन्ड्रयू गारफील्ड, टोबी मेग्वायर र किस्टर्न डन्स्ट जस्ता कलाकारको अभिनय रहनेछ । फिल्ममा अल्फ्रेड मोलिनामात्र डा. अक्टोपसका रुपमा फर्किनेछन् । सोनी र मार्वलमा सहमति भयो भने फिल्ममा ‘स्पाइडरमेन १’का प्रमुख अभिनेता टोबी मेग्वायर पनि देखिनेछन् ।

मेग्वायरले सन् २००२ मा रिलिज फिल्म ‘स्पाइडर मेन’ र सन् २००४ मा रिलिज फिल्म ‘स्पाइडर मेन २’ मा पीटर पार्करको भूमिकामा अभिनय गरेका थिए । गारफील्ड सन् २०१२ मा रिलिज फिल्म ‘द अमेजिंग स्पाइडरमेन’ र सन् २०१४ को ‘द अमेजिङ स्पाइडर मेन २’मा पीटर पार्करको भूमिकामा देखिएका थिए । त्यस्तै अल्फ्रेड मोलिना पुनः डाक्टर ओट्टो ओक्टाविया(डा. अक्टोपस)का रुपमा फर्किदैछन् । उनले सन् २००४ मा फिल्म ‘स्पाइडर मेन २’ मा यही भूमिकामा अभिनय गरेका थिए । यदी सबै कुरा ठिक भएमा फिल्म आगामी वर्षको क्रिसमसमा रिलिज हुनेछ ।

प्रतिक्रिया