प्रधानन्यायाधीश जबरामाथि छानबिन गर्न माग


काठमाडौं – शुक्रवार अर्थात आज तीन वटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले प्रधानन्यायाधीश चोलेन्द्रशशमशेर जबरामाथि लागेका आरोपहरूबारे छानबिन गर्न माग गरेको छ।

एमनेस्टी इन्टरनेशनल, कमिसन अफ जुरिस्ट्स् र ह्युमन राइट्स वाचले संयुक्त विज्ञप्ति निकालेर सर्वोच्च अदालतको संकटका कारण नेपालको न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा पर्दै गरेको बताउँदै प्रधानन्यायाधीशमाथि छानबिन गर्न आग्रह गरेका हुन्।

अदालतको विश्वसनीयता र स्वतन्त्रता जोगाउन यो संकटको तत्काल समाधान गर्नुपर्ने जोड छ। ह्युमन राइट वाचकी दक्षिण एसिया निर्देशक मिनाक्षी गाङ्गुलीले नेपालमा मानव अधिकार र विधिको शासन कायम राख्न सर्वोच्च अदालतको महत्त्वपूर्ण भूमिका भएकाले अहिलेको संकट न्याय प्रणालीका लागि एकदमै चिन्ताजनक भएको बताएकी छन्।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशन आन्दोलनरत छ भने सर्वोच्च अदालतका न्यायाधीशहरूले बेन्च बस्न अस्वीकार गरेका छन्।

प्रतिक्रिया