


स्वेताले विजयेन्द्रसँग कसिन् लगनगाँठो

काठमाडौ – अभिनेत्री स्वेता खड्काले सोमबार विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी छन् । परिवार र निकट व्यक्तिहरुको उपस्थितिमा उनीहरुले गोकर्ण फरेस्ट रिसोर्टमा विवाह गरेकी हुन् । उनले विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी हुन् ।
उनले आइतबारमात्र लामो स्टाटस लेख्दै आफूले दोस्रो विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको अनस्क्रिन जोडीका रुपमा फिल्म ‘कहाँ भेटिएला’बाट नेपाली रजतपटमा डेब्यू गरेकी श्वेताले श्रीसँगै फिल्म ‘कोहिनूर’मा अभिनय गरेकी थिइन् ।
श्रीकृष्ण र श्वेताले लामो समयको प्रेमलाई २०७१ असार २३ गते विवाहमा परिणत गरेका थिए । श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

