सुपर चेपे हाइड्रोको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल


काठमाडौं – रिज लाईन ईनर्जीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

मंगलबार भएको उक्त नियुक्ति सम्बन्धी सम्झौतामा रिज लाईन ईनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ ।

कम्पनीले अधिकृत तथा जारी पूँजी६९ करोड ४२लाख९० हजार को ३० प्रतिशतले हुन आउने रु. २० करोड ८२ लाख ८७हजार रकम बराबरको २० लाख ८२हजार ८ सय ७० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया