हाइड्रो कम्पनीले २ सय प्रतिशत हकप्रद जारी गर्न सक्ने

निर्देशिका जारी भएसँगै हाइड्रोको शेयर बढ्ने  !


काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत्सम्बन्धी कम्पनीको सेयर सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका २०७८ स्वीकृत गरेको छ । यससँगै पछिल्ला दिनमा लगानीकर्तामा देखिएको अन्यौलता हटेको छ । यससँगै हाइड्रोका शेयरमा लगानीकर्ताको आकर्षण बढ्ने अनुमान लगाउन सकिन्छ ।

यस निर्देशिका स्वीकृत भएसँगै जलविद्युत कम्पनीले २ सय प्रतिशतसम्म हकप्रद जारी गर्ने सक्ने भएका छन् । निर्देशिकामा विभिन्न सर्त तोकेर जलविद्युत कम्पनीले हकप्रद निष्कासन गर्ने सक्ने व्यवस्था गरेको हो ।

यस निर्देशिका जारी भएसँगै पछिल्ला दिनमा केही मात्रामा घटेको हाइड्रोप्रतिको आकर्षण बढ्दै शेयरबजारमा फेरि एकपटक आप्mनो प्रभाव देखाउन सक्ने देखिएको छ । पछिल्ला दिनमा शेयरबजार निरन्तर रुपमा घट्दै गइरहेको यस अवस्थामा यो निर्देशिका लागू भएसँगै हाइड्रोका लगानीकर्तामा सकारात्मक सन्देश गएको पनि एक लगानीकर्ता बताउँछन् ।

‘कमाउन भनेर किनेको शेयर लगातार ओरालो लाग्दै गएपछि तनाबै भएको थियो, अब त केही राहत महसुस भएको छ,’ उनी भन्छन् ।

अनुमतिपत्र प्राप्त कम्पनीले आफू मुख्य कम्पनीको हैसियतमा एकाउन्न प्रतिशत वा सो भन्दा बढी सेयर रहनेगरी आफ्नो मातहतको आयोजनामा वा आफ्नो सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापना गरी आयोजना निर्माणको लागि संस्थागत लगानी गर्न हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था गरिएको छ ।

यस्तै, आफू मुख्य कम्पनीको हैसियत हुने बाहेकका अन्य अनुपतिपत्र प्राप्त कम्पनीले निर्माण गरिरहेको वा गर्न गईरहेको आयोजनामा पचास प्रतिशतभन्दा कम सेयर लगानी गर्ने प्रयोजनका लागी हकप्रद सेयरको निष्कासन गर्न व्यवस्था निर्देशिकामा गरिएको छ ।

प्रतिक्रिया