बेदालय बन्यो चितवन राइनोजको आधिकारिक निर्माण साझेदार


काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का लागि चितवन राइनोजले बेदालयालाई आफ्नो आधिकारिक निर्माण साझेदार (Official Construction Partner) का रूपमा स्वागत गरेको छ।

चितवन राइनोजले सामाजिक सञ्जालमार्फत बेदालयासँगको साझेदारी सार्वजनिक गर्दै यस सहकार्यले नयाँ सम्भावना र उपलब्धिको बाटो खोल्ने विश्वास व्यक्त गरेको छ।

“बलियो जग, ठूला लक्ष्य” भन्ने नारासहित सार्वजनिक गरिएको घोषणामा दुवै पक्ष मिलेर केही असाधारण उपलब्धि हासिल गर्न तयार रहेको उल्लेख गरिएको छ।

नेपाल प्रिमियर लिगमा विभिन्न व्यावसायिक संस्थासँगको साझेदारीले क्रिकेटको व्यावसायिक विकास, ब्रान्ड प्रवर्द्धन तथा खेलकुद क्षेत्रको विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चितवन राइनोजले ‘Fear The Charge’ नारासहित एनपीएल सिजन–३ मा आफ्नो सहभागिता जनाउँदै बेदालयासँगको सहकार्यलाई अगाडि बढाउने जनाएको छ।

प्रतिक्रिया