सर्वसाधारणका लागि मध्य भोटेकोशीको आईपीओ असोज २० बाट खुल्दै


काठमाडौं – मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणलाई असोज २० गतेदेखि आईपीओ खुल्ने भएको छ । यसअघि स्थानीयका लागि आईपीओ खुलाएको कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर आजै बाँडफाड गरेपछि सर्वसाधारणका लागि आईपीओ खुल्ने समय तोकेको हो । आयोजना प्रभावित क्षेत्रका स्थानीयलाईै आज भएको बाँडफाडबाट १८० कित्तासम्मका लागि आवेदन दिने आवेदन दिएअनुसार र १९० कित्ता देखि ४०० कित्ता सम्मका लागि आवेदन दिने  २ हजार ३१३ जनाले गोलाप्रथाबाट थप १० कित्ता गरि १९० कित्तासम्म सेयर पाएका छन् ।

त्यस्तै  आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका सर्वसाधारणले १० देखि ४० कित्तासम्म आवेदन दिनेले आवेदन अनुसार नै र ५० देखि ४ सय कित्तासम्म आवेदन दिनेलाई भने गोलाप्रथाबाट ४० हजार ५४८ जनाले थप १० कित्ता गरी अधिकतम ५० कित्तासम्म सेयर प्राप्त गरेको  बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया