
हाईटेक भिजन प्रालि नवौँ वार्षिकोत्सव सम्पन्न, गोगंबुमा नयाँ शाखा सञ्चालन
काठमाडाैं – हाईटेक भिजन प्रालिले नवौँ वार्षिकोत्सव आफ्नो काठमाडौंको गोंगबु शाखाबाट भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा विभिन्न प्रतिष्ठित कम्पनिका प्रतिनिधि, अतिथिवर्ग, ग्राहकवर्ग र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा ग्राहकवर्गका लागि विशेष अफरहरू सहित सम्पूर्ण पाहुनाहरूको लागि हात खाली नहुने विभिन्न उपहारहरू पनि व्यवस्था गरिएको थियो । यस खुशियालीमा कम्पनीले आफ्ना ग्राहकवर्ग र अतिथिका लागि खानाको पनि व्यवस्था गरेको थियो भने यसमा असहाय र घरबार बिहिन बालबालिका र बृद्धका लागि विशेष जोड दिइएको थियो ।
कम्पनीले आफ्ना ग्राकहरूलाई हालसम्मको माया र विश्वासको लागि कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै अपेक्षा सहित सबैमाझ केक काटेर कार्यक्रम समापन गरेको थियो ।
‘योर् कम्प्लिट होम सोलुसन’ को नाराका साथ विगत आठ वर्षदेखि यस कम्पनिले किचेनका सम्पूर्ण सामान, फ्रिज, वासिङ मेसिन देखि फर्निचरका सम्पूर्ण सामाग्रीहरू विक्रीवितरण गर्दै आइरहेको छ ।
हालसम्म दुइटा आउटलेटबाट सेवा दिँदै आएकोमा कम्पनीले आगामी दिनमा प्रत्येक जिल्लाबाट सेवा दिने पनि जनाएको छ ।
कम्पनीले हालसम्मको सफलताको श्रेय ग्राहकवर्ग भएकोले नवौँ वार्षिकोत्सवको दिनमात्र नभएर चैत्र २८ गतेका दिन पनि विशेष अफर र उपहार प्रदान गरिने जनाएको छ ।



कागजपत्र |
