
बाढी तथा विपद् प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि साइमेक्स बीवाईडीको ७ करोड सहयोग
काठमाडौं – बाढी तथा विभिन्न प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि साइमेक्स इन्क. प्रालि.ले सरकारलाई ७ करोड रुपैयाँ सहयोग गरेको छ।
साइमेक्स बीवाईडीको तर्फबाट प्रदान गरिएको ७ करोड रुपैयाँ बराबरको सहयोग रकमको चेक कम्पनीका अध्यक्षले अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेका हुन्।
उक्त सहयोग रकमको चेक साइमेक्स इंक. प्रालिका अध्यक्ष अनिल श्रेष्ठ र निर्देशक यमुना श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।
पछिल्लो समय बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। विपद्बाट प्रभावित नागरिकको उद्धार, तत्कालीन राहत व्यवस्थापन तथा विस्थापित परिवारको पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम उपलब्ध गराएको जनाएको छ।
साइमेक्स बीवाईडीले विपद्को समयमा प्रभावित नागरिकलाई राज्यको प्रयाससँगै निजी क्षेत्रबाट पनि सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।
कम्पनीका अनुसार विपद् प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा उनीहरूको पुनःस्थापनामा सहयोग पुग्ने गरी सरकारले उक्त रकमको उपयोग गर्नेछ।
निजी क्षेत्रबाट प्राप्त यस्तो सहयोगले विपद्का कारण समस्यामा परेका नागरिकको राहत तथा पुनःस्थापना अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साइमेक्स बीवाईडीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



कागजपत्र |
