दुई बालबालिकासहित संखुवासभाको मादीमा एकै परिवारका ५ जनाको हत्या


काठमाडौं– संखुवासभाको मादी नगरपालिका–१ का एकै परिवारका ५ जनाको हत्या भएको छ।

उम्लिङ खोलगाउँमा तेजबहादुर कार्कीको घरअगाडि ५ जनाको शव धारिलो हतियर प्रयोग गरी हत्या गरिएको अवस्थामा फेला परेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी)नवीन राईले बताए।

कुनै खोल्सातिर कुनै घरतिर गरेर ५ जना मृत र एक जना अचेत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। एकै परिवारका ९३ बर्षिय बौद्धमान कार्की बोल्न नसक्ने अवस्थामा फेला परेका छन्।

७० बर्षिया पार्वती, ४० बर्षिया कमला, ३२ बर्षिया रञ्जना कार्कीको शव फेला परेको छ। यस्तै ८ बर्षिय बालक विपिन र ४ बर्षिया बालिका गोमा कार्कीको पनि शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपीसहितको टोली घटनास्थलतर्फ लागेको छ।

प्रतिक्रिया