संखुवासभा सामूहिक हत्याकाण्डमा आफन्तको हात, प्रहरीले समात्यो लोकबहादुर कार्की


काठमाडौं– संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका एकै परिवारका ६ जनाको सामूहिक हत्या भएको पाँच दिनपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मृतकाका आफन्त नै हुन्।

२१ भदामौ बौद्धमान कार्कीको परिवारका ६ जनाको विभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। प्रहरी स्रोतका अनुसार ५ दिनको अनुसन्धानपछि सामूहिक हत्यामा संलग्न २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ परेका छन्।

लोकबहादुरको साथबाट घरदेखि रगत लागेको कपडा र हथौडा जस्तो हतियार बरामद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। उनी दीर्घ रोगी रहेको खुलेको छ। प्रहरीले उनीमाथि तीन दिनदेखि सोधपुछसँगै निगरानी गर्दै आएको थियो।

रगत लागेको कपडा र उक्त हतियारलाई प्रहरीले घटनाको महत्वपूर्ण ‘क्लु’ को रूपमा लिएको थियो। सो क्रममा प्रहरीले कार्कीलाई पक्राउ गरेको हो। यस घटनामा भने प्रहरीले अरूलाई पक्राउ नगरेको बताएको छ। अभियुक्तले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सीआईबी०सहितको टोलीलाई हत्या गरेको बयान दिएका थिए।

पक्राउ परेका लोकबहादुरको घर घटना घटेको घरबाट करिब १५० मिटरको दुरीमा रहेको प्रहरीले बताएको छ। घटना के कारणले भएको होरु कसरी भयोरु भन्ने बारेमा भने प्रहरीले भोलिमात्र खुलाउने जनाएको छ।

सामूहिक हत्या प्रकरणमा संलग्न कार्कीलाई आइतबार (भोली) पत्रकार सम्मेलन गरेर चैनपुरमा सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ। घटना ५ दिनसम्म आइपुग्दा प्रहरीले केही क्लुु र केही व्यक्तिमाथि आफ्नो अनुसन्धान केन्द्रित गरेको थियो।

२४ भदौमा अर्थात घटनाको तीन दिनपछि सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसी समेत घटनास्थल पुगेका थिए।

त्यस्तै घटनाकै दिन जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० लालध्वज सुवेदी आफै घटनास्थल पुगेका थिए। अहिले पनि उनी मादीमै छन्।

घटनास्थलमा तालिमप्राप्त कुकुरसहित खटाइएको थियो। घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली खटाइएको थियो।

५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको थियो। ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, ८ वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको हो।

बुधबार उनीहरु ६ जनाकै दाहसंस्कार सुनसरीको इटहरीस्थित बुढीखोलामा गरिएको छ। मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षण भएपछि बुढीखोला घाटमा अन्त्येष्टि गरिएको हो।

शव अन्त्येष्टिका लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मंगलबार धरान पुगेका थिए। सोही घटनामा परिवारका एक जना वृद्ध सदस्य बौद्धमान कार्की भने जोगिएका हुन्। उनी आँखा पनि नदेख्ने र कान पनि राम्रोसँग सुन्दैनन्।

प्रतिक्रिया