सत्य–स्वरुपको मैसाबमा दुई पल


काठमाडौं–गायक तथा संगीतकार दाजुभाइ सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा रहेको कवाली शैलीको गीत ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’को भिडियो सार्वजनिक भएको छ । गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शव्दहरुको प्रयोग गरिएको छ । गीतमा अमृत खतिवडा(भाञ्जा भाइ)को शब्द तथा आचार्य दाजुभाईको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।

कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ । बिहेका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरारमा चलेको कवाली प्रस्तुत गरिएको म्युजिक भिडियोमा पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन्। त्यसै गरी राजकुमारीको भूमिकामा सिक्कीमेली सुन्दरी छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ ।

होटल याक एण्ड यतीमा छायांकन गरिएको गीतमा सयभन्दा बढी कोरस कलाकार फिचर्ड छन् । भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन् । भिडियोमा सुदीप बरालको छायांकन, आलिया गिरीको पहिरन डिजाइन छ ।

कैलाश राई(सिक्किम) द्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिष फागोको रहेको छ । म्युजिक भिडियो ओएसआर डिजीटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया