

योनी जस्तो सत्तामा शेरबहादुरको अर्को परिक्षा

पख्नुहोस्, शीर्षकका आधारमा धारणा बनाउनुअघि सृजनात्मक विषयमाथि गम्भीरताका साथ मनन् गर्नुहोस्। शीर्षक कोर्दै गर्दा आम मानिस र पाठकले के अनुमान गर्लान् भन्ने हेक्का राखिएको थियो किनभने यो सामाजिक चरित्रको मानक अझै मस्तिष्कमा सबैसँग जीवित छ, कुनै कुनामा। सकारात्मक अर्थका लागि निक्कै घोत्लिनुपर्छ, नकारात्मक चेतले दिमागमा जरा गाडिरहेको हुन्छ।
हठात् अर्थ लगाउने क्रममा मानिस आवेश र आवेगमा आउन सक्छ जसले उसको सृजनात्मक अभ्यास नै भताभुङ्ग हुन जान्छ।
योनी सत्ता होइन। तर सत्ता योनी हो। राजनीतिक दलका नाममा सत्तामाथि बलात प्रयोग भइरहेका छन् दशकौंदेखि। हाम्रा जिजुबाजेका पालादेखि चलिआएको बलात् प्रकरणले पछिल्लो दिनमा अदालतमा मुद्दा जितेर प्रधानमन्त्री नियुक्ति भएको प्रकरणसम्मलाई व्याख्या गर्न सकिन्छ। यी घटनाक्रम र घटनाप्रद राजनीतिक चरित्र र चेतबारे सम्भवतः अहिलेको पुस्ता पनि बेखबर छैन।
योनी जन्ममार्ग हो। यो भ्रुण निर्माणको प्रवेशद्वारदेखि इतिहास रच्नेको निकाशद्वार हो। यसकारण सृजनात्मक हिसाबले व्याख्या गर्ने हो भने विश्वका अनेक सत्ता योनीका उपज हुन्। तिनका अनेक प्रयोग र पात्रबारे अब भनिरहनु नपर्ला, यसलाई बृहत अर्थमा व्याख्या गर्न सकिन्छ। यद्यपि, नेपालको पछिल्लो राजनीतिक र रणनीतिक घटनाक्रममा केन्द्रित भएर बहस गर्नु उपयुक्त होला।
बाक्लो जनादेशबाट सत्तामा रहेको कम्युनिस्ट पार्टीको व्यवाहारिक पतनको श्रीविन्दु भर्खरै भयो। यसको विकल्पमा प्रजातान्त्रिक मुल्यमान्यतामा आधारित, समाजवादी चिन्तक र जसले नेपालमा लोकतान्त्रिक मुल्यका लागि लामो संघर्ष गरेको थियो, उसको विचारमा अडेको शेरबहादुर देउवा (व्यक्ति) सत्ताको नेतृत्वमा उभिएका छन्। विश्वेश्वर प्रसाद (वीपी) कोइरालाको विचारले पालित पोषित कांग्रेसको बागडोर सम्हालिरहेका शेरबहादुरको परिक्षा सुरु भएको छ। तैपनि उनको विगतका सत्ता राजनीतिक कर्म र हाल नेपाली कांग्रेसभित्रको सत्तामा उनले देखाएका कतिपय उदाहरणले भरपर्ने अवस्था त छैन तर खड्गप्रसाद (केपी) ओलीको विकल्पमा उभ्याइएको छ।
ओलीले व्यवस्था र सत्ता राजनीतिमा जुन प्रकारको बलात् प्रयोग गरेका थिए त्यसको विकल्पमा शेरबहादुर उभ्याइयो। ओलीले ठिक या बेठिक के गरेका थिए भन्ने विषय इतिहासले मुल्यांकन गर्छ, अहिले नै उनीप्रति या उनको उद्देश्यप्रतिको टिप्पणी जायज नहोला। तर, सत्तालाई उनको प्रजातान्त्रिक मुल्य अर्थात् वीपीको विचारक सैद्धान्तिक तथा व्यवाहारिक परिप्रेक्षमा हुर्काएनन्। साढे तीन बर्षको यहि गतिले एउटा अल्पविराम पायो र शेरबहादुरको सत्ता नेतृत्वमा पाँचौ पटक उदय भयो।
यीनको राजनीतिमा वैयक्तिक संघर्षका कथा निक्कै रोचक र संघर्षशील छन्। तर, यात्रा संघर्षको परिणाममा सत्ताको महत्व र त्यसले पार्न सक्ने दुरगामी सकारात्मक असरलाई यीनि(राजनीतिज्ञ)हरुले कहिल्यै पनि ध्यान दिएको पाइएन। सत्ता प्राप्ति र सुखान्दको एउटा अनुभूति मात्र गर्दा कृष्णप्रसाद भट्टराई, सुशील कोइराला जस्ता व्यक्तित्वको खडेरीको खड्को स्वभाविक रुपमा लागि नै रहनेछ।
हाम्रै राजनीतिक परिदृश्यकालमा शेरबहादुरले सत्ताका निम्ति सदनको हत्या, नेपाली कांग्रेसको विभाजन गरेका थिए। यो नकारात्मक इतिहासलाई उनले ०७४ मा सत्तामा रहँदा आफ्नो दल पराजित हुँदा पनि प्रक्रियागत हिसाबले प्रजातन्त्रको यात्रा अर्थात् जनमतका निम्ति चुनावचाहिँ गराएका हुन्। कसैले फूर्ति नलाए हुन्छ, यो जनमत र चुनावी माहौल देउवाको इच्छा र आत्मशक्तिले मात्र सम्भव भएको थियो। नत्र पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न सक्ने थिए। उनले बीचैमा छाडिदिए।
यसले नेकपा जस्तो ठूलो दललाई अड्याएर राखेको थियो र त्यसको बहिर्गमनसँगै शेरबहादुर देउवा नामका सांसदलाई अहिले ‘टेम्पोन’आकारमा राखेको छ। अब शेरबहादुरलेचाहिँ यो सत्तालाई बलात् प्रयोग गर्छन् कि लोकतान्त्रिक मुल्यलाई बलियो बनाउनका लागि उदार र सामूहिक प्रयोगलाई वीपी विचारमा कार्यान्वयनमा ल्याउलान्? यो स्वभाविक प्रश्न बनिसक्यो
प्रतिनिधि सभाको दुई पटकको भङ्ग, दुई पटककै पुनःस्थापनाले नेपाली राजनीति संक्रमणकालिन अर्को विन्दुमा नराम्रोसँग फँसेको छ र यसको विकल्प भनेको चुनाव नै हो। जसलाई पूरा गराउने दायित्वका लागि शेरबहादुरको प्रवेश भएको छ र अर्को परिक्षाका लागि उनी तयार छन्। स्थिति, अवस्थिति र परिस्थितिले उनलाई यो विन्दुमा उभ्याएको छ, उनी सफल हुनेछन् भन्ने विश्वास पनि छ।
बिम्बात्मक रुपमा सत्ता किन योनी जस्तो छ भन्ने कारणले नै अबका राजनीतिक भविष्य र अवस्थाको आयतन नाप्न सकिन्छ। वैज्ञानिक रुप व्याख्या गर्ने हो भने योनी अत्यन्तै लचिलो, इलास्टिक जस्तो खुम्चने र तन्कने क्षमता भएको अंग हो। यो आफ्नो ठाउँमा टेम्पोनलाई अड्याएर राख्न सक्ने गरी सानो हुन सक्छ भने एउटा सिंगो बच्चालाई त्यसबाट पार गराउन सक्ने गरी फैलिन सक्ने पनि हुन्छ। विल्कुल सत्ता पनि त्यस्तै हो। यसले नेकपा जस्तो ठूलो दललाई अड्याएर राखेको थियो र त्यसको बहिर्गमनसँगै शेरबहादुर देउवा नामका सांसदलाई अहिले ‘टेम्पोन’आकारमा राखेको छ। अब शेरबहादुरलेचाहिँ यो सत्तालाई बलात् प्रयोग गर्छन् कि लोकतान्त्रिक मुल्यलाई बलियो बनाउनका लागि उदार र सामूहिक प्रयोगलाई वीपी विचारमा कार्यान्वयनमा ल्याउलान्? यो स्वभाविक प्रश्न बनिसक्यो।
वीपीले भनेका थिए–
हिजोसम्म नेपाली कांग्रेसको संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो। त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ। आज यसमा एउटा नायँ आयाम थपिएको छ। नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आई परेको छ। यो दोस्रो जिम्मेवारी हो—देशको अस्तित्वको रक्षा गर्ने। शेरबहादुर ठ्याक्कै वीपीको यो भनाईको टाकुरामा उभिएका छन् अहिले। यसको कारण उनीसम्मिलित अन्य चार जना पूर्वप्रधानमन्त्रीले केही समयअघि निकालेको संयुक्त विज्ञप्ति थियो।
अर्कोचाहिँ टड्कारको व्याख्या भएको राष्ट्रियतासँग जोडिएको थियो। यसमा वीपीले भनेका थिए–
राष्ट्रियताको भावनात्मक विकास एउटै विचारधाराको प्रचारले हुँदैन, त्यो विकासको क्रम द्वन्द्वात्मक हुन्छ। विचारको संघर्ष राष्ट्रिय हितका सम्बन्धमा मत भिन्नताबाट निस्केको त्यो सामूहिक निर्णयको फराकिलो शिलाखण्डमा राष्ट्रियताको भावना गहिरिँदै, बाक्लिदै र फराकिलो हुँदै दृढतर हुँदै जान्छ। यो गराउने र स्थापित गराउने जिम्मेवारी पनि अहिले शेरबहादुरकै थाप्लामा देखिन्छ। यसका लागि उनले कति फराकिलो विचारलाई आत्मसाथ गर्छन् त्यो हेर्नुपर्ने हुन्छ, उनका अभ्यासले स्पष्ट बनाउनेछ।
राष्ट्रियताको विवेचनामा सर्वप्रथम तत्व र अन्तिम तत्व पनि जनता हो। राष्ट्रियता जनताको सामूहिक मनोभावलाई लक्षित गर्ने शब्द हो। सामूहिक रूपबाट समयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नुपर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो। राष्ट्रियताको यस परिभाषामा तीन तत्व सामेल छन्—व्यापक समस्या, त्यसको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुने भावनात्मक एकता।
वीपीले अझ अगाडि बढेर भनेका थिए–
अर्को शब्दमा राष्ट्रियता भन्नाले लक्षित गर्ने तत्वहरू—(१) जनता (२) तिनको अगाडि उपस्थित भएको समस्या (३) त्यस समस्याको सबैले मिलेर समाधान गर्ने दिशापट्टीको सामूहिक प्रयत्न र (४) त्यस प्रयत्नमा अनुभव गरेको एकताको भावना। यसरी राष्ट्रियताको विचार गर्दा भूगोलको भूमिका गौण भएर जान्छ।
यी अनेक व्याख्याको प्रतिनिधित्व गर्दै शेरबहादुर जुन विन्दुमा उभिएका छन् दायित्व पनि उनकै काँधमा छन्। उनलाई जुन गठबन्धनले सत्ताको टाउकोमा उभ्याएको छ उनका स्वार्थ र प्रयोगलाई पनि मिहिन हिसाबले बुझेर अघि बढ्नु शेरबहादुरको परिक्षा नै ठहर्नेछ। यस अर्थमा राष्ट्रियताको त्यो विशाल जनमत बन्दा अघिल्लो पटक ओली सरकार गिरेको थियो। यस पटक राष्ट्रियताकै फरक व्याख्यामा शेरबहादुर सत्तामा उक्लिएका छन्, उनका लागि त अर्को परिक्षा स्वभाविक रुपमा सुरु भइसकेको होला, यो उनको मात्र परिक्षा नभएर मुलुकको परिक्षा पनि हो।

