आमिरको निर्देशनमा शाहरुखको अभिनय


मुम्बई(एजेन्सी)– हालैमात्र अभिनेता शाहरुख खानको फिल्म ‘पठान’मा अभिनेता सलमान खान विशेष भूमिकामा देखिँदैछन् भन्ने समाचार सार्वजनिक भएको थियो । तर अब भने शाहरुख र आमिर खानसँग सम्बन्धित अर्को नयाँ खबर बाहिर आएको छ । समाचार अनुसार आमिरको फिल्म ‘लाल सिंह चड्डा’ मा शाहरुखले केमियो गर्दैछन् ।

आइपीएलका लागि दुबई जानु अघि शाहरुखले नयाँदिल्लीमा आमिरका साथ फिल्मको एक सुट गरेका थिए । सेटमा यी दुई अभिनेताले खुबै रमाइलो गरेका थिए । फिल्ममा शाहरुखको सबै दृश्यको निर्देशन आमिरले नै गरेका थिए । यो फिल्मको भिजुअल इफेक्टलाई शाहरुखको कम्पनीले हेरिरहेको छ ।

फिल्म ‘लाल सिंह चड्डा’ हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । फिल्ममा अभिनेत्री करीना कपूर आमिरको अपोजिटमा छिन् । दुबैले केही समय अघि मात्र सुटिङ पुरा गरेका छन् । अद्वैत चन्दन निर्देशित फिल्म यो वर्षको डिसेम्बरमा रिलिज हुनुपर्ने थियो । तर कोभिड महामारीका कारण आगामी वर्षको क्रिसमसमा रिलिज हुँदैछ ।

प्रतिक्रिया