पेन किलर खादै सुटिङमा आमिर


मुम्बई(एजेन्सी)–बलिउड अभिनेता आमिर खानले कोरोना भाइरसपछि लागु गरिएको लकडाउन केही खुकुलो भएपछि आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को काम शुरु गरेका छन् । फिल्मको सुटिङ नसकिएकाले पनि यसको रिलिज कहिले हुने टुंगो छैन । हालैमात्र फिल्मकी अभिनेत्री करीना कपूरले आफ्नो छायांकन सकेकी छन् ।

अहिले यो फिल्ममा आमिरले जोडतोडका साथ काम गरिरहेका छन् । समाचार अनुसार एक दृश्यको छायांकनका क्रममा आमिरलाई चोट लागेको थियो । चोट लागेपछि उनले फिल्मको काम रोकेनन् । उनी पेन किलर खाएर आफ्नो सुटिङ सक्ने ध्याउन्नमा लागेका छन् ।

‘केही एक्सन दृश्य सुट गरिरहँदा आमिरको कम्मरमा चोट लागेको थियो । यद्यपि, उनले फिल्मको सुटिङ रोकेनन् । अभिनेता केही समयका लागि मात्र रोकिए र आफ्नो चोट देखे । यसपछि उनले पेन किलर खाएर सुटिङ शुरु गरे ।’ फिल्मसँग जोडिएका एक सदस्यले भनेका छन् । आमिरको यो लगावको सबैले तारिफ गरेका छन् । यो समयमा सबैले फिल्मको चाँडो छायांकन सकाउनेतिर ध्यान दिएकाले पनि आमिरले पीडा सहँदै काम गरिरहेका छन् ।

आमिरको यो फिल्मको सुटिङ अत्यन्तै व्यवस्थित तरिकाले गरिएको छ । त्यहीकारण पनि आमिरले आफ्नो तर्फबाट कुनै पनि ढिलाई नहोस् भन्ने चाहेका छन् । त्यसैले पनि आफ्नो दुखाईमा पेनकिलर खाएको बताइएको छ ।

प्रतिक्रिया