आमिर पुत्री भन्छिन् ‘१४ वर्षमै यौन उत्पीडनमा परें’


मुम्बई(एजेन्सी)बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले सामाजिक सन्जालमा एक भिडियो शेयर गर्दै अनौठो खुलासा गरेकी छन् । उनले आफू १४ वर्षको हुँदा एक चिरपरिचित व्यक्तिले नै आफ्नो यौन शोषण गरेको खुलाएकी हुन् । उनले गत अक्टोबर १० मा पर्ने वल्र्ड मेन्टल हेल्थ डेको मौका पारेर आफ्नो डिप्रेसनको बारेमा कुरा गरेकी थिइन् । उनको यो भनाई पछि के कारणले उनी डिप्रेसनमा परिन् भन्ने चासो सर्वत्र थियो ।

इराका अनुसार उनी स्वयं के कारणले डिप्रेसनमा परेको हो भन्ने अनभिज्ञ छिन् । उनले अभिभावक अलग्गिँदा पनि त्यही धेरै डिप्रेसनमा नपरेको बताएकी छन् । किनकी उनीहरुको सम्बन्धविच्छेद सहमति र शान्तिपूर्ण तरिकाले भयो । यसबाहेक मलाई ६ वर्षको उमेरमा सामान्य किसिमको क्षयरोग देखिएको थियो । मलाई डिप्रेसन हुने कारण यी होइनन्, उनले भनेकी छन् ।

जब म १४ वर्षको थिएँ । त्यो बेला मलाई यौन उत्पीडन गरियो । त्यो निकै अनौठो अवस्था थियो । मलाई थाहा थिएन कि के भइरहेको छ ? र जो मानिस मलाई त्यस्तो काम गरिरहेको थियो, ऊ चिनेकै मान्छे थियो । उसले पनि आफूले के गरिरहेको छु भन्ने कुरा थाहा पाएको थियो वा थिएन ?, उनले भनेकी छन् ।

उनले आफू झल्यास्स भएपछि त्यो परिस्थितिबाट बाहिर आएको बताइन् । त्यो कुरा सकिएपछि आफूलाई नराम्रो लाग्न पनि रोकिएको उनले दाबी गरिन् ।

प्रतिक्रिया