याक एण्ड यति होटलको स्वीमिङ पुलमा मरेको मुसा !


काठमाडौं – देशकै ठूलो मानिएको होटल याक एण्ड यतिको स्वीमिङ पुलमा मरेको मुसा भेटिएको छ ।

राजधानीको दरबारमार्गमा रहेको याक एण्ड यतिको स्वीमिङ पुलमा तैरिइरहेको अवस्थामा मरेको मुसा भेटिएको हो ।

देशै प्रतिष्ठित होटलका रुपमा नाम कमाएको पाँचतारे होटल याक एण्ड यतिमा यस किसिमको घटना देखिनुलाई सामान्य भने मान्न सकिँदैन । ग्राहकहरुको सेवा र स्वास्थ्यमाथि खेलवाड गरेको देखिएको छ ।

पाँचतारे होटलमै यस्तो किसिमको लापरबाही देखिनुले नेपाल आउने पर्यटकलाई प्रभाव पार्न सक्दछ । ‘देशकै मुटुमा रहेको पाँचतारे होटलमा यस्तो छ भने राजधानी बाहिरका अन्य होटलहरुको गुणस्तर कस्तो होला ?’, एक व्यवसायी प्रश्न गर्छन् ।

रोयल क्यासिनो समेत रहेको याक एण्ड यतिमा यही आर्थिक वर्षमा क्यासिनो नविकरण नगरेकै कारण साउन १ गतेदेखि भने पाँच तारे होटलको मान्यता खारेज भएको पनि जनाइएको छ ।

प्रतिक्रिया