


‘भारत–पाकिस्तानबीचको युद्ध हामीले संयमता अपनाउन आग्रह गरेपछि टर्याे’

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीचको युद्धको सम्भावना आफूहरूले संयमता अपनाउन आग्रह गरेपछि टरेको टिप्पणी गरेका छन्।
लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहमा सोमबार सहभागी भएका प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा सो धारणा राखेका हुन्। उनले भने, “भारत र पाकिस्तानबीच झण्डै-झण्डै हात हालाहालको स्थिति आएको थियो। हामीले संयमित हुन आग्रह गर्यौँ।”
बुद्धका सन्देश सधैं सान्दर्भिक रहने उल्लेख गर्दै उनले शान्ति, करुणा, मानवता र अहिंसाका उपदेशहरू आजको विश्वका लागि अझ आवश्यक भएको धारणा राखे।
प्रधानमन्त्री ओलीले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धका शिक्षाहरू फैलाउनुपर्नेमा जोड दिँदै ती शिक्षालाई आत्मसात् गर्न सबैलाई आग्रह गरे।

