

नेपाल आयल निगम १० महिनामा ४७ अर्ब रुपैयाँ घाटामा: मन्त्री बढु
मुल्यबृद्धिको सामाधान खोज्न उच्चस्तरिय समिति गठन

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बढुले रसिया र युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बजारमा पेटोलियम पदार्थको चरम अभावपछिको अप्रत्यासित मुल्य बृद्धिले गर्दा नेपालमा पनि बाध्यात्मक रुपमा मुल्य बृद्धि गर्नु परेको बताएका छन् ।
प्रतिनिधिसभामा पेट्रोलियम पदार्थको मुल्यबृद्धिका विषयमा छलफल गर्न पेश भएको जरुरी सार्वजनिक महत्वको विषयमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री बढुले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि अत्यधिक हुँदा नेपाला आयल निगम चालु आर्थिक वर्षको १० महिनामा ४७ अर्ब रुपैयाँ घाटामा गएको बताए ।
उनले निगमले इन्डियन आयल कर्पोरेसनलाई आगामी महिनासम्मको पहिलो किस्ताबापत १६ अर्ब र वाँकी बक्यौता १६ अर्ब गरी ३२ अर्ब रुपैयाँ भुक्तानी गर्नु पर्ने पनि बताए । मन्त्री बढुले इन्डियन आलय कर्पोरेसनबाट हरेक अंग्रजी महिनाको एक र १६ तारिखमा मुल्य समायोजन भएर आउने गरेको भन्दै सोही बमोजिम नेपालमा पनि महिनाको २ पटक मात्र मुल्य समायोजन हुने गरेको स्पस्ट पारे ।
उनले पेट्रोलियम पदार्थमा परनिर्भरता बढेको भन्दै त्यसको कारण र समाधान खोज्न सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा राष्ट्र बैंकको गभर्नरसहित विभिन्न सरोकारवाला मन्त्रालयका सचिव रहेको उच्चस्तरिय समिति गठन भएको जनाए ।
मन्त्री बढुले नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच सम्झौता भए बमोजिम नेपालले पेट्रोलियम पदार्थको खरिद गर्दै आएको बताए । उनले नेपालले इण्डियन आयल कर्पोरेसनबाट डिजेल, पेट्रोल, हवाई इन्धन र मट्टितेल खरिद गर्दा आर्थिक वर्ष २०७७÷०७८मा २ अर्ब ३८ करोड लिटर र ७० हजार मेट्रिक टन ग्यास खरिद गर्दा १ खर्ब ५८ अर्ब भुक्तानी गरिसकेको जानकारी दिए ।
चालु आर्थिैक वर्षको जेठ महिनाको पहिलो हप्तासम्म करिव २ खर्ब ५७ अर्बको पेट्रोलिय पर्दाथ आयात भइसकेको भन्दै उनले यो आर्थिक वर्षको पछिल्लो १० महिनामा मात्र करिव १ खर्ब बढीको आयात भएको बताए ।
नेपाला आयाल निगमलाई सन २०२२ को जुन १ मा इण्डियन आयल निगमबाट प्राप्त नयाँ खरिद मुल्य र निगमको जेठ १९ गते बसेको संचालक समितिको बैठकले पेट्रोल डिजेल र मट्टितेलको विक्री मुल्यमा १० रुपैयाँ समायोजन गर्ने निर्णयपश्चात पेट्रोल ३१ रुपैयाँ ४१ पैशा प्रतिलिटर घाटा रही मासिक १ अर्ब ८३ करोड घाटा, डिजेलमा २८ रुपैयाँ ३३ पैशा प्रतिलिटर घाटा रही मासिक तीन अर्ब ७३ करोड घाटा र एलपी ग्यास ७ सय ५१ रुपैयाँ ७४ पैशा प्रतिसिलिण्डर घाटा भई मासिक रु २ अर्ब ८६ करोड घाटा भएको विवरण प्रस्तुत गरे ।
उनले मट्टितेल र हवाई इन्धिनमा मासिक ६५ करोड मासिक नाफामा रहेको जनाए । नाफा घाटा दुवै मिलाउँदा निगम हाल मासिक ७ अर्ब १७ करोड घाटामा संचालित रहेको छ ।
‘२०७९ जेठ १ गते र जेठ ९ गने मुल्य बृद्धि गरेको भन्ने कुरा सत्य होइन, चैत ९ गते र २२ गते गरी २ पटक मुल्य समायोजन गरिएको छ । बैशाख ३१ गते र जेठ ८ गते मात्र मुल्य समायोजन गरिएको हो । मुल्य समायोजनको कार्यविधि अनुसार महिनामा २ पटक मात्र मुल्य समायोजन हुने प्रावधान छ’, मन्त्री बढुले भने, ‘पेट्रोलियम पदार्थमा मुल्य बृद्धि भएर सर्वसाधरणमा असर परेको कुरालाई ध्यानमा राख्दै मन्त्रीपरिषद्ले जेठ १९ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलको साविकको खुद्रा मुल्यमा प्रति लिटर १० रुपैयाँ घटाई पेट्रोल प्रतिलिटर एक सय ७०, डिजेल प्रतिलिटर १५३ र मट्टितेल प्रतिलिटर एक सय ५३ कायम गरिएको छ ।’
सरकारले एलपी ग्यासको घरायसी प्रयोजन र व्यवसायिक प्रयोजनका लागि फरक मुल्य तोक्नको लागि आयल निगम संचालक समितिलाई एक उपसमिति गठन गर्न निर्देशन दिएको मन्त्री बढुले जनाए ।
पेट्रोलियम पदार्थको खपतलाई घटाउँदै खाना पकाउने प्रयोजनमा विद्युतको उपयोगलाई बढाउने, सर्वसाधरणले खाना पकाउन विद्युत प्रयोग गर्दा विद्युत महसुलमा सहुलियत, विद्युतीय चुलोमा अनुदान दिएर एक घर एक विद्युतिय चुलेको कार्यक्रम लागू गर्ने, बढी विद्युत उपयोग गर्ने उद्योगलाई विद्युत महशुलमा छुट दिने र बजार अनुगमनलाई नियमित गर्ने सरकारले निर्णय गरेको उनले जानकारी सदनलाइ जानकारी गराए ।

