कर छलीको मदिरासहित भारतीय कार बरामद


महोत्तरी – सशस्त्र प्रहरीले महोत्तरीमा कर छलीको मदिरासहित भारतीय कार बरामद बरामद गरेकाे छ ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ स्थित सीमा ईलाकाबाट बिहिबार सशस्त्र प्रहरीले करीब १ लाख २८ हजार रुपैयाँ बराबरको चोरीनिकासीको विभिन्न मदिरा बरामद गरेको हाे ।

डि.एल. ५ सीडी ७४५३ नम्बरको भारतीय कारमा राखेर लैजाँदै गरेको अवस्थामा उक्त मदिरा र उल्लेखित कार सशस्त्र प्रहरी बल नेपाल बिओपी मटिहानीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै कार सोही ठाउँमा छाडी उक्त कारका चालक फरार भएका थिए । बरामद मदिरा तथा कार आन्तरिक राजश्व कार्यालय जनकपुरमा बुझाइएको छ । उक्त कारको अन्दाजी मुल्य १० लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया