बिना बिल कवाडी बोकेको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा


काठमाडौं – रौतहटमा कवाडी फलाम बोकेको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कवाडी फलाम बोकेको उक्त ट्रकसँग बिल नभएकाले सशस्त्र प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

ना २ ख ८४५९ नम्बरको ट्रकमा कवाडी फलाम लोड गरी बारातर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाका प्रमुख विष्णु उप्रेतीले बताए ।

ट्रकमा करिब १० टन कवाडी फलामको रड रहेको उनले बताए । कवाडी​ तथा ट्रकको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया