भारतमा भिरबाट लडेर एक नेपाली किशोरीको मृत्यु


काठमाडौं- भारतको केदारनाथ क्षेत्रमा घाँस काट्ने क्रममा लडेर बझाङकी एक किशोरीको मृत्यु भएको छ । छविसपाथिभेरा गाउँपालिका-७ की १४ वर्षीया करिना बोहरा शुक्रबार बिहान भिरबाट लड्दा घटनास्थलमै ज्यान गएको हो ।

करिना आमा पटुदेवी बोहरासँगै मजदुरी गर्न भारतको केदारनाथ पुगेकी थिइन् । दैनिकी चलाउन गाउँ छाडेर भारतको कठिन भेगमा पुगेर आमासँग घाँस काट्ने र काम गर्ने संघर्षको क्रममै उनको जीवन अन्त्य भएको हो ।

स्थानीय प्रहरीका अनुसार घाँस काट्दै गर्दा चिप्लिएर उनी भिरबाट तल खसेकी थिइन् ।

प्रतिक्रिया