मधेशको धनुषा र सर्लाहीमा कांग्रेस एक्लैको बहुमतः ५ जिसस गठबन्धनकै पोल्टामा

माओबादी पर्सा र महोत्तरीमा निल हुँदा एमाले सिरहामा पहिलो दल


काठमाडौं – मधेश केन्द्रीत दलहरुको बर्चश्व रहेको मधेश प्रदेशका आठ जिल्लामध्ये ६ जिल्लामा नेपाली कांग्रेस सबैभन्दा बलियो दलिको रुपमा स्थापित भएको छ ।

नेपाली कांग्रेसले आफ्नो पुरानो विरासत फिर्ता गर्दै धनुषा र सर्लाही जिल्लामा गठबन्धन दलहरुसँग सहकार्य नगरी एक्लै जिल्ला विकास समितिमा आफ्नो पकड जमाउने स्पस्ट संकेत देखिएको छ । कांग्रेस सिरहा र महोत्तरीमा भने पहिलो दल बन्न सकेन ।

सिरहामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पहिलो दल बनेको छ भने महोत्तरीमा जनता समादबादी दल पहिलो ठूलो दल बन्न सफल भएको छ ।

पाँच वटा जिल्ला सप्तरी, सिरहा, महोत्तरी, रौतहट र पर्षामा गठबन्धनमा रहेका दलहरुको स्पस्ट बहुमत छ भने बारामा विवेकशिल साझाका अध्यक्ष र उपाध्यक्षको भोट निर्णायक हुने देखिन्छ ।

नौ वटा गाउँपालिका र ९ वटा नगरपालिका रहेको सप्तरी जिल्लामा कांग्रेसबाट ३ अध्यक्ष, २ प्रमुख र ३–३ जना उपप्रमुख र उपाध्यक्षसहित ११ जना निर्वाचित गराएर पहिलो दल बनेको छ । सप्तरीमा जसपाबाट ८ जना प्रमुख–उपप्रमुख तथा अध्यक्ष– उपाध्यक्षमा, माओबादी र नेकपा एसबाट २–२ जना प्रमुख–उपप्रमुख तथा अध्यक्ष– उपाध्यक्ष विजयी भएका छन् । यहाँ गठबन्धनलाई जिल्ला विकास समिति गठन गर्न सुविधाजनक बहुमत छ ।

सप्तरीमा एमाले र लोसपाले ३–३ प्रमुख–अध्यक्ष र २–२ जना उपप्रमुख– उपाध्यक्ष जितेका छन् भने सीके राउत नेतृत्वको जनममत पार्टीले १ अध्यक्ष, १ प्रमुख र १ उपप्रमुख हात पारेको छ ।

९ गाउँपालिका र ७ नगरपालिका रहेको सिरहामा भने नेकपा एमाले सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको छ । एमालेले सिरहामा ८ जना प्रमुख–अध्यक्ष र ६ जना उपप्रमुख –उपाध्यक्ष जितेको हो । तर जिल्ला विकास समिति गठन गर्न भने एमालेले सक्ने स्थिति छैन ।

सिरहामा कांग्रेसले २ प्रमुख–अध्यक्ष र ४ उपप्रमुख–उपाध्यक्ष गरी ६ जना जिताएको छ भने जसपाले १० जना प्रमुख–उपप्रमुख तथा अध्यक्ष– उपाध्यक्ष, माओबादी केन्द्रले २ प्रमुख र १ उपप्रमुखसचि ३ जना र नेकपा एसले १ अध्यक्षलाई जिताएको छ ।

धनुषाको १ उपमहानगर, ११ नगर र ६ गाउँपालिकामध्ये नेपाली कांग्रेस एक्लैले ३ अध्यक्ष, ४ उपाध्यक्ष, ७ नगरप्रमुख र ७ उपप्रमुख गरी २१ जना जिताएर एक्लै जिल्ला समन्वय समिति बनाउने हैसियत बनाएको छ । धनुषामा एमालेले तीन प्रमुख–अध्यक्ष र ४ उपप्रमुख–उपाध्यक्ष गरी ७ जना मात्र जिताएको छ । माओबादीले १ प्रमुख र २ उपप्रमुख, जसपाले ३ अध्यक्ष –प्रमुख र १ उपाध्यक्ष जितेको छ ।

धनुषाको एक मात्र उपमहानगर जनकपुरधाममा भने स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी भएर चर्चा कमाएका छन् ।

महोत्तरीका पाँच गाउँपालिका र १० नगरपालिकामामध्ये जसपाले ५ स्थानीय तहको प्रमुख–अध्यक्ष र ६ उपप्रमुख–उपाध्यक्ष जिताएर जिल्लामा ठूलो दल भएको छ । यहाँ कांग्रेसले २ नगरप्रमुख र ४ उपप्रमुखमा जित हासिल गरेको छ भने माओबादीले एउटा पनि स्थानीय तहको प्रमुख–उपप्रमुख तथा अध्यक्ष– उपाध्यक्ष जित्न सकेको छैन ।

यहाँ एमालेले १ प्रमुख र १ उपप्रमुखमा चित्त बुझाएको छ भने लोकतान्त्रिक समाजबादी पार्टीले ५ प्रमुख–अध्यक्ष र ३ उपप्रमुख–उपाध्यक्ष जिताएको छ । तमलोपाले एउटा गाउँपलिकाको अध्यक्ष जितेको छ भने बर्दिबास नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा स्वतन्त्र उम्मेदवारले बाजि मारेका छन् ।

नेपालको सबैभन्दा बढी स्थानीय तह रहेको सर्लाहीमा ९ गाउँपालिका र ११ नगरपालिका छन् । नेपाली कांग्रेसले एक्लै १२ जना प्रमुख–अध्यक्ष र ११ जना उपप्रमुख–उपाध्यक्ष जिताएर जिल्ला विकास समिति आफ्नो पोल्टामा पार्ने भएको छ । सर्लाहीमा एमाले २ प्रमुख र तीन उपप्रमुखमा चित्त बुझाएनु परेको छ ।

यहाँ माओबादी केन्द्रले ६ प्रमुख–उपप्रमुख तथा अध्यक्ष– उपाध्यक्ष र जसपाले ४ प्रमुख–उपप्रमुख तथा अध्यक्ष– उपाध्यक्ष जिताएको छ । लोसपाले भने एउटा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा जित हासिल गरेको छ ।

रौतहटमा भने माओबादीले आफ्नो पकड गुमाएको छ । यहाँ कांग्रेसले ७ जना नगर प्रमुख र ७ जना नगर उप्रमुख गरी १४ जना जिताएको छ भने जसपाले एक प्रमुख र २ उपप्रमुख र माओबादी केन्द्रले १ अध्यक्ष र १ उपाध्यक्ष पद हात पारेको छ । यहाँ गठबन्धनलाई जिसस गठन गर्न सहज बहुमत पुग्ने देखिन्छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा नेकपा एसले ३ प्रमुख र ३ उपप्रमुख पद हात पारेको छ । एमालेले भने तीन प्रमुख र २ उपप्रमुखमा चित्त बुझाएको छ भने लोसपाले २ प्रमुख र २ उपप्रमुख जिताएको छ ।

नेपाली कांग्रेसका २ जना सहमहामन्त्री उमाकान्त चौधरी र फर्मुल्लाह मन्सुरको गृह जिल्ला बारामा कांग्रेसले ४ प्रमुख र ४ उपप्रमुख–उपाध्यक्ष गरी ८ पद मात्र जितेको छ । ९ गाउँपालिका र ५ नगरपालिका तथा २ उपमहानगर रहेको रौतहटमा जसपाले भने ३ अध्यक्ष र ३ उपाध्यक्षमा जित हासिल गरेको छ । सत्तारुढ गठबन्धनमा रहेको माओबादी केन्द्रले भने जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा चित्त बुझाउनु परेको छ ।

जिसस गठन गर्न यो जिल्लामा ३२ सदस्य रहेका छन् गठबन्धनमा आबद्ध दलका प्रतिनिधिहरुको जम्मा सख्या १५ मात्र रहेकोले एक अध्यक्ष र एक उपाध्यक्ष जितेको विवेकसिल साझा यहाँ निर्णायक देखिएको छ । बारामा एमालेले १० प्रमुख–उपप्रमुख तथा अध्यक्ष– उपाध्यक्ष र लोसपाले ४ प्रमुख–उपप्रमुख तथा अध्यक्ष– उपाध्यक्ष गरी १४ जना नै जिताएको छ ।

एक महानगर र तीन नगरपालिका र एक १० गाउँपालिका रहेको पर्षा जिल्लामा कांग्रेसले ४ गाउँपालिका अध्यक्ष र ७ उपाध्यक्ष तथा १ महानगरको उपप्रमुख गरी १२ जनालाई जिताएको छ भने जसपाले १ महानगर, १ नगर प्रमुख, २ अध्यक्ष र १ उपाध्यक्ष गरी पाँच जना विजयी गराएको छ । पर्षामा सत्तारुढ गठबन्धनलाई जिल्ला विकास समिति निर्माण गर्न स्पस्ट बहुमत आएको छ ।

पर्षामा एमालेले १६ स्थानीय तहमा कतै पनि प्रमुख वा उपप्रमुख पद जित्न सकेन भने एमालेको उपस्थिति मधेशप्रदेशको सिरहापछि बलियो पकडको रुपमा पर्षालाई लिन सकिन्छ । एमालेले ३ अध्यक्ष, १ उपाध्यक्ष, २ प्रमुख र २ उपप्रमुख गरी १० जनालाई जिताएको छ भने लोसपाले १ जना अध्यक्ष जिताएको छ ।

प्रतिक्रिया